Logo

स्वास्थ्य

देउवा प्रधानमन्त्री भएपछि पाँच हप्तामै ४८ लाख बढीले लगाए खोप



केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालीहरुलाई प्रयाप्त मात्रामा खोप उपलब्ध गराएको बताएपनि उनी नेतृत्वको सरकार हटेपछि खोपको मात्रामा उल्लेख्य प्रगति भएको देखिएको छ ।  प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछिको अवधिमा ओली नेतृत्वको १८ महिना भन्दा पनि बढीले खोप लगाएका हुन् । 

पाँच हप्तामा ४८ लाखभन्दा बढिले कोरोनो विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत बिहीबारसम्ममा ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । त्यसअघि झण्डै ३६ लाखले मात्रै कोराना विरुद्धको खोप लगाएका थिए भने अहिले खोप लगाउने संख्या ८५ लाख २० हजार ४ सय २१ पुगेको मन्त्रालयको भनाइ छ । दैनिक १ लाख ५० हजारको हाराहारीमा खोप लगाउने काम भइरहेको छ ।

त्यसमध्ये ४९ लाख ७ हजार ५ सय २३ जनाले कोरोनाको दुवै डोज खोप लगाएका छन्। त्यस्तै ३७ लाख ८ हजार ६ सय ८८ जनाले पहिलो डोज लगाएका छन् । अहिले कोरोनाको दुवै डोज खोप लगाउने जनसंख्या १३ प्रतिशत पुगेको पुगेको छ भने पहिलो डोज लगाउने १६ दशमलव ८ प्रतिशत छन् । देउवा प्रधानमन्त्री हुनुभन्दा अघि दुवै डोज खोप लगाउनेको संख्या ३ दशमल ९ प्रतिशत मात्रै थियो भने पहिलो डोज खोप लगाउनेको संख्या ९ दशमलव १ प्रतिशत मात्रै थिए । पछिल्लो पाँच हप्तामा कोरोनाको खोप लगाउनेको संख्या झण्डै दोब्बर पुगेको मन्त्रालयको भनाइ छ ।

सरकारले असोज मसान्तसम्ममा ३३ प्रतिशत जनतालाई कोरोना विरुद्धको खोप निःशुल्क लगाउने घोषणा गरेको छ । चैत मसान्तसम्म खोप लगाउने सबै जनतालाई निःशुल्क खोप दिलाउने प्रधानमन्त्री देउवाको तयारी रहेको मन्त्रालयको भनाइ छ । 

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार १३:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।