काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन् । मिश्रले अध्यक्ष समीक्षा बास्कोटासमक्ष राजीनामा दिएका हुन् ।
मिश्रले सामाजिक सञ्जाल फेसबुकमा राजीनामा पत्र सार्वजनिक गरेका छन् । उनले आफू करिब एक वर्षदेखि नेपालमा वृहत र विश्वासिलो ‘नरम संवर्द्धनवादी राष्ट्रवादी शक्तिको निर्माणका लागि राजनीतिक ध्रुविकरणको प्रयासमा लागिरहेको र जसमा पहिलो पाइलाले मूर्त रुप लिन लागेको भन्दै विवेकशील साझा त्यागेको बताएका छन् ।
यो आफ्ना लागि जीवनकै एउटा कठीनतम निर्णय भएको मिश्रले उल्लेख गरेका छन् । ‘लामो गृहकार्यपछि आफैँले नेतृत्व गरेको साझा, र पछि, विवेकशील साझा पार्टीलाई, मार्ग परिवर्तन गरेर, फरक दृष्टिकोण बोक्ने साथीहरूको जिम्मा लगाउँदै ‘घर’ छोडेर हिँड्नु निश्चय पनि सहज विषय होइन’, उनले उल्लेख गरेका छन् ।
राजनीति र पार्टीको प्रधान उद्देश्य राष्ट्रहित भएको उनले नेपाली राजनीतिमा, अब दुई ध्रुवमा, तीनवटा प्रमुख पार्टी रहने दाबी गरे ।




















प्रतिक्रिया