Logo

राजनीति

सत्ता गठबन्धन कार्यदलको बैठक जारी



काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ ।

मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटका लागि कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बैठक भइरहेकाे हाे ।

बैठकमा कार्यदलहका सदस्यहरु नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, वर्षमान पुन, गिरीराजमणि पोखरेल, नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुषाल, प्रमेश हमाल, जनता समाजवादी पार्टीका मनिष सुमन र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुगा पौडेललगायतका नेताहरु सहभागी छन् ।

निर्वाचन आयोगको असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन गर्ने कार्यतालिका छ । गठबन्धनका नेताहरुले हालसम्म ८० प्रतिशत सिटमा सहमति जुटेको बताएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलवार १३:०१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।