Logo

प्रमुख समाचार

डोटीका कांग्रेस पालिका सभापतिहरुले भने– यहाँ गठबन्धनको आवश्यकता छैन



डोटी । नेपाली कांग्रेस डोटीका पालिका अध्यक्षहरुले जिल्लामा गठबन्धन आवश्यक नरहेको बताएका छन् । डोटीका नौवटै पालिकाका सभापतिहरुले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी तालमेल आवश्यक नरहेको निष्कर्ष निकालेका हुन् ।

मंगलबार भएको पालिका सभापतिहरुको भेलाले डोटीको परिवेश र स्थानीय निर्वाचनको मत परिणामअनुसार गठबन्धन आवश्यक नरहेको ठहर गरेका हुन् । स्थानीय तहमा एक्लै चुनाव लडेर ठूलो सफलता प्राप्त गरेको भन्दै बैठकले डोटी कांग्रेसको मर्म विपरित केन्द्रीय कमिटीले चुनावी तालमेल गरेमा चुनाव प्रचारप्रसार र मतदानमा सहभागी नहुने सन्देश दिएको छ ।

शीर्ष तहमा भइरहेको छलफलमा डोटीको प्रतिनिधिसभा सदस्यको सिट एकीकृत समाजवादीका भाग पर्ने सहमति जुटेको छ । तर त्यसप्रति आक्रोशित स्थानीय नेताहरुले पालिका सभापतिहरुको बैठक बोलाएर नेतृत्वलाई खबरदारी गरेका हुन् ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलवार २१:०९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।