काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलले प्रदेशसभामा भागबण्डा मिलाउन मापदण्ड बनाएको छ । मंगलबार बालुवाटारमा बसेको बैठकले प्रदेशसभामा सिट बाँडफाँटका लागि दुईवटा मापदण्ड तय गरेको कार्यदलका सदस्य तथा जनता समाजवादी पार्टी प्रवक्ता मनिस सुमनले जानकारी दिए ।
उनका अनुसार ०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यतिबेलाको समानुपातिक सिटलाई आधार बनाउने सहमति भएको छ । बुधबार बिहान ८ बजे शीर्ष नेताहरूसहित कार्यदलका सदस्यहरू बसेर सिट बाँडफाँटको काम टुंगो लगाउने उनले बताए ।




















प्रतिक्रिया