Logo

प्रमुख समाचार

समान अवसर र न्यायको लागि कांग्रेस मुख्यालयमा ‘विद्रोही’ समूहको धर्ना



काठमाडौं । पार्टीमा समान अवसर र न्यायको माग राख्दै नेपाली कांग्रेसको ‘विद्रोही’ समूहले पार्टी मुख्यालय सानेपामा धर्ना दिएको छ । आसन्न निर्वाचनका लागि समानुपातिक उम्मेदवारका बन्दसूचीबारे असन्तुष्टि जनाउँदै डा. शेखर कोइराला पक्षका दोस्रो तहका नेताहरुले दिएका हुन् ।

बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक चलिरहँदा सानेपास्थित पार्टी कार्यालयमा शेखर समूहका नेताहरु समानुपातिक सूची सच्याउन दाबाब दिन पुगेका हुन् । ‘हामी पार्टीको विरुद्धमा छैनौं । हामीले पार्टीभित्र न्याय मागेका हौं । अन्याय सहँदैनौं भनेर विरोध गरेका हौं‚’ धर्नामा सहभागी हुँदै गर्दा कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने‚ ‘त्यसैले हामी प्ले(कार्ड बोकेर नाराबाजी गर्दैनौं ।’

प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमा प्रतिस्पर्धा गर्ने र आफूलाई मत नहालेकै आधारमा चुनावमा टिकट नदिने नीति लिएर एकलौटी गरेको शेखर समूहको आरोप छ । अब तत्काल पार्टीभित्रको एकता, समान अवसर र न्यायको सुनिश्चतता नभए संघर्ष गर्ने निर्णय गरेको थियो ।

उनीहरुले तत्काल समानुपातिक उम्मेदवारको बन्द सूची सच्याउन माग गरेका छन् भने प्रत्यक्षतर्फ टिकट वितरणमा समेत सबैलाई न्याय हुने गरी उम्मेदवार चयन हुनुपर्ने माग गरेका छन् । हाल निर्वाचन आयोगमा कांग्रेसले बुझाएको सूचीमा शेखर समूहका करिब १० प्रतिशत नेताहरु मात्रै परेका छन् ।प्रत्यक्षतर्फ समेत टिकट वितरणमा सोही खालको व्यवहार हुनसक्ने भयले शेखर समूह त्रसित छ । यो समूहले केहीदिन यता विभिन्न दबाबमूलक भेलाको आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार १३:३६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।