Logo

प्रमुख समाचार

अन्डरग्राउन्ड खाली गर्न पोखरा महानगरले दियो पूर्णिमासम्मको अल्टिमेटम



पोखरा । पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा सञ्चालित पसल तथा स्टोरहरु हटाउन पूर्णिमासम्मको समयसीमा दिएको छ । अन्डरग्राउन्ड पार्किङको नक्सा पास गरेकाले पार्किङकै रुपमा प्रयोग गर्नेपर्ने मेयर धनराज आचार्यले बताए ।

‘महानगरको स्वामित्वमा रहेको भवनको अन्डरग्राउन्डमा यसअघि पार्किङका लागि प्रयोग भएको थिएन, सिलाई कटाइ पसल र स्टोरको रुपमा प्रयोग भएको थियो,’ उनले भने, ‘महानगरले खाली गरेर पार्किङकै रुपमा प्रयोग गर्ने योजना बनाएको छ।’

महानगरले यसअघि नै पत्रकार गरेकोमध्ये धेरै जनाले खाली गरेका पनि उनले बताए । खाली गरेर मात्रै नहुने भन्दै उनले त्यसलाई पार्किङकै रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।

दिनानुदिन पार्किङको समस्या बढ्दै गएकोले अन्डरग्राउन्ड पार्किङ आवश्यक रहेको मेयर आचार्यको भनाइ छ । अब पूर्णिमासम्मको समय दिइएको र अटेर गर्नेहरुविरुद्ध महानगर आफैले एक्सनमा उत्रिने उनले बताएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार २१:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।