काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलले निर्वाचन लक्षित अभियान ‘एक बुथ, २ सय युथ’ सञ्चालन गर्ने भएको छ । वाईसीएल अध्यक्ष सुबोध शेर्पाइलीका अनुसार मतदाता र उम्मेदवारको सुरक्षाका लागि भन्दै युवा परिचालन गर्न लागिएको हो ।
वाईसीएलले असोज ३ गतेबाट सुरु गरेको प्रदेश स्तरीय बैठक सकाएर तीन महिने सुदृढीकरण तथा विस्तार अभियान समेत घोषणा गरेको छ । अभियानको उद्देश्य देशभर ९ लाख सदस्यता वितरण गर्ने रहेको शेर्पालीले बताए ।




















प्रतिक्रिया