काठमाडौं । समानुपातिकतर्फको विवाद मिलाउन नेपाली कांग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। आयोगले समानुपातिक सूची सच्याउने समय शुक्रबारसम्म दिएको छ। सूची सच्याउनका लागि सभापति शेरबहादुर देउवाले तीन दिनदेखि निरन्तर बैठक राख्दै आएका छन् ।
पार्टीभित्रकै शेखर कोइराला समूहले दबाब बढाएपछि देउवाले सूची सच्याउन आफू तयार रहेको बताउँदै आएका छन् । शेखर पक्षले समानुपातिक सूची तयार पार्दा आफूहरुलाई कम महत्त्व दिएको भन्दै पार्टीभित्रै विद्रोह गर्ने चेतावनी दिएको छ ।




















प्रतिक्रिया