Logo

प्रमुख समाचार

बामदेव गाौतमले भने– म प्रधानमन्त्री भएँ भने नेपाल–भारत सीमामा पर्खाल लगाउँछु



काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल–भारत खुला सीमाना मुलुकको हितमा नभएको बताएका छन् । ०७४ सालको निर्वाचनमा बर्दियाबाट पराजित भएपछि पहिलो पटक बर्दियाको सदरमुकाम गुलरियामा पुगेका उनले दशगजामा विद्युतीय तार नभए पर्खाल लगाउनुपर्ने धारणा राखेका हुन् ।

‘म प्रधानमन्त्री भएँ भने भारतीय प्रधानमन्त्रीसँग मेरो पहिलो प्रस्ताव नेपाल–भारत सीमामा पर्खाल लगाउने हुने छ,’ उनले भने, ‘प्रधानमन्त्री हुन्छु वा हुदिनँ तर मेरो प्रस्ताव सीमामा पर्खाल र भिसा लागू गर्नुपर्छ ।’ पर्खाल लगाउँदा आधा–आधा खर्च नेपाल र भारतको हुनुपर्ने गौतमले बताए । उनले जहिले मन लाग्यो आउने र जाने अनि झगडाको बीउ रोप्ने काम बन्द हुनुपर्नेमा उनले जोड दिए ।

फरक प्रसंगमा उनले आगामी प्रतिनिधिसभाको निर्वाचनमा आफू उम्मेदवार नबन्ने बताएका छन् । चुनावमा आफू कहिल्यै पनि बर्दियाबाट नउठ्ने पनि उनको भनाइ थियो । ०६३ सालको नागरिकता विधेयक घातक भएको र अहिले ल्याइएको विधेयक राष्ट्रघाती नभए पनि त्रुटिपूर्ण भएको उनले बताए । ‘

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार १६:०८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।