Logo

प्रमुख समाचार

कांग्रेसको समानुपातिक बन्द सूचीबाट हट्यो कर्मा छिरिङको नाम



काठमाडौं । नेपाली कांग्रेसको समानुपातिक बन्द सूचीबाट कर्मा छिरिङ शेर्पाको नाम हटेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष रहेका शेर्पाले आफ्नो नानम सूचीबाट हटेको बताएका छन् ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा शेर्पाको नाम ३६ नम्बरमा थियो । तर संस्थापनइतर पक्षले आफ्नो समूहका व्यक्ति सूचीमा नपरेको भन्दै विरोध गरेपछि कांग्रेसले बन्द सूची संशोधन गरेको हो ।

संशोधित सूचीबाट आफू हटेको शेर्पाले बताएका छन् । निर्वाचन आयोगको समानुपातिक निर्वाचन कार्यक्रम अनुसार बन्द सूची संशोधन गर्ने म्याद आज सकिँदैछ । सूचीमा रहेका व्यक्तिले भने सोमबारसम्म आफ्नो नाम फिर्ता लिनसक्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आईतवार ०८:५८   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।