Logo

राजनीति

विवेकशील साझा लुम्बिनीमा ‘विद्रोह’, पदाधिकारीसहित झन्डै तीन जर्दनले दिए सामूहिक राजीनामा



बुटवल । विवेकशील साझा पार्टीको लुम्बिनी प्रदेश समितिका पदाधिकारीसहित झन्डै तीन जर्दनले सामूहिक राजनामा दिएका छन् । पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले पार्टी परित्याग गरेपछि पार्टीका नेताहरुले छलफल नै नगरी ‘विचार भन्दा माथि देश’ दस्तावेज खारेज गरेकोप्रति असहमति जनाउँदै सामूहिक राजीनामा गरेको पार्टीका लुम्बिनी प्रवक्ता केशवराज खनालले बताए ।

मिश्र हालै राप्रपा प्रवेश गरेसँगै उनीहरुले पनि सामूहिक राजीनामा दिएका हुन् । समितिले लुम्बिनी प्रदेशका जिल्ला, गाउँ, नगर लगायत सबै समिति खारेज गरेको पनि उल्लेख गरेको छ । राजीनामा दिनेमा प्रदेश समिति संयोजक अनुपमान सैंजु, संगठन विभाग प्रमुख मधुसुदन केसी, प्रवक्ता केशवराज खनाल लगायत ३१ जना छन् । राजीनामा दिएकामध्ये अधिकांश राप्रपामा जाने तयारीमा रहेका बताइएको छ ।

सूची हेर्नुहाेस्, क-कसले छाडे विवेकशील साझा ?

प्रकाशित मिति : १६ आश्विन २०७९, आईतवार १०:३७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।