काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा पूर्वपदाधिकारी र प्रदेश सभापतिको पनि सहभागीता छ ।
पार्टीमा संस्थापन र इतरपक्षबीच समानुपातिक उमेदवारीको विषयमा कुरा मिल्न नसकेको पछि यसबारे छलफल तथा सूची सच्याउन बैठक बसिरहेको एक नेताले जानकारी दिए ।
संस्थापन इतर डा. शेखर कोइराला पक्षले समानुपातिकतर्फ ११० को ४० प्रतिशत अर्थात् ४४ जनाको सूची दिए पनि संस्थापन पक्षले त्यसलाई सम्बोधन नगरी संसोधित नामावली बुझाए पछि दुवै पक्षबीच रस्साकस्सी चलिरहेको छ ।
संस्थापन पक्षले भने कोइराला समुहले बुझाएको सुचीको ३५ प्रतिशत भन्दा बढी समावेश गरेर बन्द सूची बुझाएको दाबी गर्दैै सहमतिमा आउन आग्रह गरिरहेको छ ।
समानुपतिकतर्फको बन्द सूची सच्याउन आयोगले दिएको समयसीमा आज सकिँदै छ । त्यसअघि इतर पक्षको माग सम्बोधन गर्नुपर्ने दबाब प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई छ । माग सम्बोधन नगरेमा थप आन्दोलन चर्काउने चुनावमा भाग नलिनेसम्मको चेतावनी इतर पक्षले दिएको छ ।




















प्रतिक्रिया