काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान प्रवक्ता शरदराज पाठकले पार्टीको साधारण सदस्यबाट पनि राजीनामा दिएका छन् । उनले विवेकशील साझाबाट अलग भए तापनि विगत ५ वर्षमा प्रमुखताका साथ उठाएका अर्थ राजनीतिक तथा राजनीतिक सामाजिक एजेन्डा प्रवर्द्धन र स्थापित गर्न आफू आगामी दिनमा पनि सक्रिय राजनीतिक मैदानमै रहने स्पष्ट पारेका छन् ।
‘२०७४ सालमा विवेकशील साझा पार्टी स्थापना पश्चात् विभिन्न नेतृत्वदायी जिम्मेवारी निर्वाह गर्दै आएकोमा म शरदराज पाठक आजको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी राजीनामा पेस गर्दछु’, उनले भनेका छन् ।
पाठकले पछिल्लो ५ वर्षको अवधिमा मलाई विभिन्न चरणमा आफूलाई सहयोग गर्ने, सल्लाह–सुझाव दिने सबैलाई आभार प्रकट गरेका छन् । विवेकशील साझालाई अघि बढाउन हाल प्रयासरत अध्यक्षसहित सबैलाई उनले सफलताको शुभकामना पनि व्यक्त गरेका छन् ।




















प्रतिक्रिया