Logo

प्रमुख समाचार

सिन्धुली–१ मा कांग्रेसका घिमिरेलाई टिकट !



काठमाडौं । सत्ता गठबन्धन सिट बाँडफाँटको अन्तिम कसरतमा जुटिरहेको छ । अधिकांश निर्वाचन क्षेत्रमा बाँडफाटको विषय टुंगिएपनि केही ठाउँमा दलहरुको दोहोरो–तेहरो दाबीका कारण सहमति भइसकेको छैन ।

भागबन्डा मिलाउने क्रममा सिन्धुली निर्वाचन क्षेत्र नं. १ कांग्रेसको भागमा पर्ने सहमति भइसकेको छ । अघिल्लो पटक कांग्रेसकै प्रेमचन्द्र दाहाललाई हराउँदै वाम गठबन्धन (एमाले–माओवादी)को समर्थनमा एमालेका गणेश पहाडी विजयी भएका थिए ।

यसपटक पाँच दलीय गठबन्धनको समर्थनमा एमालेसँग बदला लिने अवसर कांग्रेसलाई जुरेसँगै पार्टीबाट टिकट फुत्काउन नेताहरु लागिपरेका छन् । सिन्धुली–१ बाट क्षेत्री समितिले तीन जनाको नाम सिफारिस गरेको छ ।

टिकटको दौडमा रहेका यी तीन नेताहरुमध्ये प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाका नजिक मानिने नेता घिमिरेले टिकट पाउने निश्चितप्रायः छ । अघिल्लो पटक प्रदेशमा पराजय भोगेका उनले यसपटक प्रतिनिधिसभामा बाजी मार्ने पक्का जस्तै रहेका कांग्रेस स्रोतले अनलाइनपालनाई जानकारी दियो ।

संविधानसभा सदस्य समेत रहेका मोहन बराल र जिल्लाका पूर्व पार्टी सभापति उज्वल बरालको नाम पनि सिफारिस भएको छ । तर स्रोतका अनुसार बराद्वयको नाम सिफारिस भएपनि टिकट भने घिमिरेले नै पाउने निश्चित जस्तै छ ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलवार १४:३६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।