Logo

राजनीति

जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना



जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सदरमुकाम खलंगामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने समय नजिकिएसँगै जिल्लाको चन्दननाथ नगरपालिकामा रहेको जिल्ला अदालत जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख अविनन्द चौलागाइले जानकारी दिए ।

प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रदेशसभा ९क० र ९ख० हेर्ने गरी कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

जुम्ला जिल्लामा ६८ हजार ८२८ मतदाता रहेका छन् । यीमध्ये महिला ३३ हजार ५०४ जना रहेका निर्वाचन कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख अविनन्द चौलागाईंले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार १८:११   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।