Logo

प्रमुख समाचार

नेतृत्वप्रति खबरदारी गर्दै आएको कांग्रेस संस्थापनइतर पक्षको भेला आज



काठमाडौं । पार्टी नेतृत्व एक्लौटी ढंगले अघि बढेको भन्दै खबरदारी गर्दै आएको नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आज छुट्टै भेला बोलाएको छ । भेला आज (बिहीबार) दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बोलाएको हो ।

आजको भेलामा यसअघि गरिएका खबरदारी अभियानको समीक्षा गरिने नेता गुरुराज घिमिरेले जानकारी दिए । उनका अनुसार बैठकमा खबरदारीपछि सच्याएर बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूचीबारे समीक्षा हुनेछ ।

यसका साथै प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक र सक्षम आफ्नो समूहका व्यक्तिको नाम संकलन गरिने र उनीहरुको सूची संसदीय समिति (बोर्ड)मा रहेका सदस्यलाई बुझाउनेबारे छलफल हुने छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार ०९:२८   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।