Logo

प्रमुख समाचार

ओली-यादव भेटवार्ता : जसपालाई २५ सिट दिन एमाले तयार



काठमाडौं । सत्ता गठबन्धनमा असन्तुष्ट रहेको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेका बेला बालकोट पुगेका यादव र ओलीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा नयाँ समीकरण बनाउने विषयमा छलफल भएको हो ।

मधेश प्रदेशमा जसपा र एमालेले आधा आधा सिट भागबन्डा गर्ने विषयमा छलफल भएको छ । छलफलमा ओलीले मधेशका ३२ सिटमध्ये १६ र अन्य प्रदेशमा ९ गरी २५ सिट जसपालाई दिने प्रस्ताव गरेको बताइएको छ ।

गठबन्धनले जसपालाई १६ सिट मात्र दिने भएपछि अध्यक्ष यादवले एमालेसँग चुनावी तालमेलको गृहकार्य थालेका हुन् । गठबन्धनमा दलहरुको दोहोरो तेहरो दाबीका कारण केही दिनयता निरन्तर छलफल भइरहेको भए पनि सहमति हुन सकेको छैन ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार २२:३६   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।