Logo

प्रमुख समाचार

धनुषाका चारै सिटमा यसरी हुँदैछ एमाले र जसपा सहमति



धनुषामा नेकपा एमालेले प्रतिनिधि सभामा ३ सिट तथा जनता समाजवादी पार्टी (जसपा) नेपालले २ सिट पाउने सहमति गरेका छन् ।

बिहीवार एमाले नेता रघुवीर महासेठको निवासमा दुवै दलबीच भएको बैठकमा धनुषाका विषयमा सहमति भएको एमालेका  नेताले  जानएका  छन् ।

धनुषा–२, धनुषा–३ र धनुषा–४ एमालेले पाउने भएको छ भने धनुषा–१ जसपाले पाउने भएको हो ।

धनुषा–२ मा एमालेका उमाशंकर अरगरिया, धनुषा–३ मा एमालेकी जुली महतो र धनुषा–४ मा एमालेका रघुवीर महासेठले पाउनेछन् । त्यसैगरी धनुषा–१ मा जसपाका दीपक कार्कीले टिकट पाउने भएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार १७:१४   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।