Logo

प्रमुख समाचार

नेकपा एमाले फुट्नसक्ने, यस्ता छन कारण !



काठमाडौं । नेकपा एमाले फुट्नसक्ने परिस्थिति विकास भएको छ । एमालेभित्रको डा. भीम रावल सहितका १० भाइ लगाएतका केहि नेता तथा समूहले टिकट नपाएको असन्तुष्ट समूह पार्टीबाट अलग हुने तयारीमा लागेपछि फुटको सम्भावना बढेको हो ।

आज मात्रै नेकपा एमालेका पूर्वउपमहासचिव घनश्याम भुसालले एमाले छाडिसकेका छन् । रावल र भुसालले आगामी कदमबारे टेलिफोनमार्फत् छलफल गरेको बुझिएको छ ।

एमालेभित्र टिकट नपाएका असन्तुष्ट समूहलाई समेत समेटेर रावलले आगामी कदम चाल्ने सक्ने बुझिएको छ । साथै उनी सत्ता गठबन्धनसँग मिलेर जाने वा स्वतन्त्र तरिकाले जानेबारे टुंगो लाग्न बाँकी रहेको विश्वस्त स्रोतले बतायो । तर, रावल एमालेभित्रै रहने सम्भावना भने लगभग सकिइसकेको बुझिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार १६:०४   :  बजे

1.7K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।