Logo

प्रमुख समाचार

भोलि हुने उम्मेदवार मनोनयनको सबै तयारी पूरा : आयोग



काठमाडौं । निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने चुनावको लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनको तयारी पूरा भएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पत्रकार सम्मेलन गरेर भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुने उम्मेदवारी दर्ताको लागि आयोग तयारी अवस्थामा रहेको जानकारी दिएका हुन् । उनले ७७ वटै जिल्लामा निर्वाचन कार्यालय स्थापना गरेर सबै सामग्रीसहित निर्वाचन अधिकृत र कर्मचारी पनि तयारी अवस्थामा रहेको बताए ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको लागि भोलि प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ । खराब मौसम र चाडपर्वको कारण उम्मेदवारी दर्ताको समय केहीदिन पर सार्न सुझाव र आग्रह आए पनि समयको ख्याल गरेर आयोगले मिति परिवर्तन गर्न नसकेको थपलियाले बताए ।

उनले समावेशी र समानुपातिकलाई ख्याल गर्दै आयोगले जारी गरेको आचारसंहितालाई पूर्ण रूपमा पालना गर्नेतर्फ पनि सचेत गराएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार १६:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।