काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नं. ५ मा बासुदेव घिमिरे नेकपा एमालेको अधिकारिक उम्मेदवार बनेका छन् । आइतबार रुपन्देही–५ मा प्रतिनिधिसभाका लागि एमालेबाट घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए ।
घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका हुन् । एउटै पार्टीको उम्मेदवारी परे पहिला जसले दर्ता गरायो उसैले आधिकारिकता पाउने निर्वाचन निर्देशिका २०७८ को व्यवस्था अनुसार घिमिरेलाई अधिकारिकता प्रदान गरिएको निर्वाचन अधिकृत चिन्तामणि शर्माले जानकारी दिए ।
एमालेले घिमिरेको नाम भुलबस पत्रमा समेटिएको भन्दै सच्याएर त्यसमा खिमलाल भट्टराईलाई अधिकारिकता दिन आग्रह गरेकाे थियाे । तर निर्वाचन कार्यालयले पहिला उम्मेदारी दर्ता गरेका घिमिरेलाई नै अधिकारिक उम्मेदवार घोषणा गरेपछि राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरेका भट्टराई उम्मेदवार नबन्ने निश्चित भएको छ ।
- याे पनि…
रुपन्देही– ५ मा एमालेका दुई जनाको उम्मेदवारी, आफू आधिकारिक भएको दुवैको दाबी




















प्रतिक्रिया