काठमाडौं । गाडी, मोटरसाइकल, माबोइल र मदिराको आयात प्रतिबन्ध लम्बिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चार प्रकारका वस्तुको आयातमा लगाइएको प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
मन्त्रिपरिषद्को सो निर्णय राजपत्रमा शुक्रबार नै प्रकाशित भएको छ । विदेशी मुद्राको सञ्चिति माथिको दबाव कायमै रहेको अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको रायपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिबन्धलाई मंसिर मसान्तसम्म निरन्तरता दिन सिफारिस गरेको थियो ।
मुद्रा सञ्चिति घटेपछि सरकारले वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गरी मदिरा, तास, मोबाइल टिभी, मोटरसाइकल लगायतका १० वस्तुको आयात बन्देज गर्ने निर्णय गरेको थियो । भदौ १४ गते राजपत्रमा सूचना प्रकाशित गरी ६ प्रकारका वस्तुहरू चुरोट तथा सुर्ति, हिरा, टीभी, खेलौना, तास, कुरकुरे, लेजजस्ताको प्रतिबन्ध फुकुवा गरिएको थियो ।



















प्रतिक्रिया