काठमाडौं । सत्तारुढ गठबन्धनले सात वटै प्रदेशमा संयुक्त आमसभा (भेला) गर्ने भएको छ । गत बिहीबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले सातै प्रदेशमा प्रदेश स्तरीय संयुक्त भेला गर्ने निर्णय गरेअनुरुप संयुक्त भेला गरिने भएको हो ।
४ देखि ७ कात्तिकसम्म विभिन्न सहरमा सत्तारुढ गठबन्धनका भेला हुनेछन् । ४ कात्तिकमा पोखरा र बुटवलमा गण्डकी र लुम्बिनी प्रदेशका भेला हुनेछन् भने ५ कात्तिकमा विराटनगर र जनकपुरमा भेला आयोजना गरिनेछन् । ६ कात्तिकमा सुर्खेतमा कर्णाली प्रदेश र धनगढीमा सुदूरपश्चिम प्रदेशका भेला हुनेछन् । ७ कात्तिकमा काठमाडौंमा बागमती प्रदेशको भेला हुने निर्णय भएको छ ।
सत्ता गठबन्धन दलले भेला समन्वय जिम्मा बाँडफाँट गरेका छन् । गण्डकी भेलाको समन्वय नेकपा (एकीकृत समाजवादी)ले गर्नेछ भने लुम्बिनी, प्रदेश १, मधेस र कर्णालीको समन्वय कांग्रेस र सुदूरपश्चिम र बागमतीको माओवादी केन्द्रले गर्नेछन् ।आमसभामा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी हुने कार्यक्रम तय भएको छ ।




















प्रतिक्रिया