Logo

अर्थ

‘बीसिडी’ मोडल कार्यान्वयन गर्न कांग्रेस युवा नेता पौडेलले थाले विज्ञहरुसँग छलफल



काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आगामी निर्वाचनको प्रचारप्रसारसहित विज्ञहरुसँगको छलफललाई तीव्रता दिएका छन् । काठमाडौं क्षेत्र नं ५ बाट गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेता पौडेलले आफ्नो निर्वाचन क्षेत्रमा नयाँ योजनासहित प्रचारप्रसारलाई तीव्रता दिएका हुन् ।

निर्वाचन क्षेत्रको समग्र विकासका लागि शनिबार ‘बिसीडी’ मोडल सार्वजनिक गरेका उनले त्यसलाई कार्यान्वयन गर्न आइतबार विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गरेका हुन् । सो क्रममा नेता पौडेलले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं अर्थशास्त्री डा. स्वर्णीम वाग्ले, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. अरबिन्द कुमार मिश्र, राजनीतिक विश्लेषकद्वय पुरञ्जन आचार्य र गेजा शर्मा वाग्ले लगायतसँग भेटघाट र छलफल गरेका हुन् ।

नेता पौडेलले ‘बी’ अर्थात् ब्रेन ड्रेनका समस्या समाधान, ‘सी’ अर्थात् भ्रष्ट्राचार नियन्त्रण र ‘डी’ अर्थात् डेभलपमेन्टको कुरालाई मुख्य एजेण्डा बनाएका छन् । आफ्नो निर्वाचन क्षेत्रबाट देशकै लागि विकासको नमुना निर्वाचन क्षेत्र बनाउने योजनासहित निर्वाचनमा होमिएका नेता पौडेलले आगामी निर्वाचनबाट काठमाडौंको विकासको मोडल कस्तो बनाउने भन्ने विषयमा छलफल गरेका हुन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आईतवार १८:१२   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।