Logo

अर्थ

नेपाल आयल निगम नाफामा, तर पेट्रोलियम पदार्थको मूल्य नघट्ने



काठमाडौं । नेपाल आयल निमग आगामी १५ दिनमा करिब ३९ करोड रुपैयाँ नाफामा जाने प्रक्षपण गरिएको छ । हवाई इन्धन र मट्टितेलमा हुने नाफासमेतलाई गणना गर्दा समग्रमा निगम अगामी १५ दिनमा करिब ३९ करोड नाफामा जाने प्रक्षपण गरिएको छ ।

यद्यपि निगमलाई भारतीय आयाल कर्पोरेसन (आईओसी)बाट आज (आइतबार) पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची प्राप्त भएको छ । जहाँ पेट्रोल १.७४ प्रतिलिटर, डिजेल ६.३४ प्रतिलिटर र हवाई ईन्धनमा १०.२५ प्रतिलिटर र एलपी ग्याँसमा ३२५.४४ प्रति सिलिण्डर बढेर आएको निगमले जनाएको छ । यस्तै

तर यसअघि तीन पटक घटेर मूल्य सूची आए पनि निगमले मूल्य घटाएको थिएन । तसर्थ यसपटक बढेर आए पनि मूल्य यथावत रहने र समग्रमा निमत १५ दिनभित्र ३९ करोड नाफामा जाने निगमले आइतबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आईतवार २१:४५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।