काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो । यससँगै छापावाल सुनको भाउ ९३ हजार ३ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै तेजावी सुनाको भाउ ९२ हजार ८ सय रुपैयाँमा पुगेको थियो । सोमबार चाँदीको भाउ भने स्थिर देखिएको छ । चाँदी प्रतितोला ११६० रुपैयाँमा कारोबार भइरहेको छ ।




















प्रतिक्रिया