Logo

अर्थ

गाेरखा-१ : एमालेका बस्नेतसँग बदला लिने दाउमा सफल पर्यटन व्यवसायी बजगाईं



काठमाडौं । अन्तर्राष्ट्रिय स्तरमा सफल पर्यटन व्यवसायीको रूपमा परिचित राजेन्द्र बजगाईं आसन्न प्रतिनिधिसभा निर्वाचन लड्दैछन् । कांग्रेस नेतासमेत रहेका उनी पाँच दलीय गठबन्धका साझा उम्मेदवारका रुपमा गोरखा–१ बाट उम्मेदवारी दिएका छन् ।

गोरखा १ मा बजगाईंका मुख्य प्रतिद्वन्द्वीका रुपमा नेकपा एमालेले रामशरण बस्नेतलाई अघि सारेको छ । गोरखा १ मा प्रतिनिधिसभा निर्वाचन लड्न १० जनाले उम्मेदवारी दिएका भए पनि बजागाईं र बस्नेतबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

२०७४ को निर्वाचनमा बजागाईं गोरखा–१ ‘ख’ मा एमाले र माओवादीको वाम–गबठन्धनका उम्मेदवार उनै बस्नेतसँग पराजित भएका थिए । यस पटक उनी बस्नेतसँग उक्त हारको प्रतिनधिसभा निर्वाचनमा बदला लिने दाउमा छन् ।

अघिल्लो निर्वाचनमा माओवादीले एमालेसँग गठबन्धन गरेका कारण बस्नेतले बजगाईंलाई पराजित गरे पनि यसपटक माओवादीहितको सत्तारूढ गठबन्धनका उम्मेदवार रहेका कारण बजगाईं जित निकाल्न सहज हुने देखिन्छ ।

गत स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई प्राप्त मतपरिणाम हेर्दा पनि बजगाईंको जित सुनिश्चित देखिन्छ । आरोहण, पदमार्ग पहिचान र साहसिक पर्यटनमा बजगाईंले संचालन गरेको गोरखा इन्काउन्टर विश्व प्रशिद्ध छ । यस्तै गोरखाको विकासमा विशेष योगदान दिँदै आएका उनले राष्ट्रिय राजनीतिमा समेत विशेष दख्खल राख्दछन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार १९:००   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।