Logo

अर्थ

सेयर बजारमा दाेहाेराे अंककाे गिरावट  



काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से १८४५ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १२.८१ अंक घटेको हो । कुल ६४ करोड ३६ लाख रुपैयाँको धितोपत्र कारोबार भयो । २३ कम्पनीको मूल्य बढ्दा १५८ को घट्यो भने २ को स्थिर रह्यो ।

बैंकिङ २, विकास बैंक ४५, फाइनान्स ३९, जलविद्युत् ३५, जीवन बीमा १८, उत्पादन ४२, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा ५५, अन्य १४ र ब्यापार उपसमूह १६ अंक घटे । होटल तथा पर्यटन उपसमूह भने ३९ अंक बढ्यो ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार १५:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।