Logo

अर्थ

आज पनि घट्यो सुन–चाँदीको मूल्य



काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।

बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो । बुधबार छापावाला सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार १७० रुपैयाँ कायम भएको छ । बुधबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार ११:११   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।