एसियाली राष्ट्र कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलमा अहिले सर्बिया र स्विट्जरल्यान्डले खेलिरहेका छन् ।
राजधानी दोहास्थित स्टेडियम ९७४ मा जारी खेलको पहिलो हाफ सकिँदा सर्बिया र स्विट्जरल्यान्डले २-२ गोलको बराबरी खेलेका छन् । स्विट्जरल्यान्डले अहिलेसम्म विश्वकपको उपाधि जितेको छैन । ऊ क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन ।
सन् २०१८ मा रसियामा भएको विश्वकपमा क्वार्टरफाइनसम्म गरेको स्विट्जरल्यान्ड फ्रान्ससँग पराजित हुँदै बाहिरिएको थियो । समूह जीका यी सर्बिया र स्विट्जरल्यान्ड एकार्कामाथि जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गर्ने योजनामा छन् ।




















प्रतिक्रिया