कतारमा जारी २२औं संस्करणको विश्वकप फुटबलमा सर्वाधिक धेरै पटकको विश्वविजेता ब्राजिलले क्यामरुनसँग खेलिरहेको छ ।
लुसेल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् ।
ब्राजिल र क्यामरुन समूह ‘जी’ मा छन् ।
यस समूहबाट ब्राजिल नकआउट चरण पुगिसकेको छ । दुई खेलमा स्पष्ट जित निकालेको ब्राजिल शीर्ष स्थानमा छ भने तीन अंकसहित स्विट्जरल्यान्ड दोस्रो स्थानमा छ ।
क्यामरुन र सर्बिया एक-एक अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् । यस खेलमा ब्राजिल लगातार तेस्रो र क्यामरुन पहिलो जितको खोजीमा हुने छन् ।
ब्राजिलले सबैभन्दा धेरै पाँच पटक विश्वकप जितेको छ । ब्राजिलले १९५८, १९६२, १९७०, १९९४ र २००२ गरी पाँच पटक उपाधि जितेको छ ।
१९५० र १९९८ मा भने ब्राजिल उपविजेतामा सीमित बनेको थियो । सन् २०१४ मा ब्राजिल अन्तिम चारसम्म पुगेको थियो ।
क्यामरुन सन् १९९० पछि समूह चरणमा पुगेको इतिहास छैन । पछिल्लो संस्करणमा क्यामरुन विश्वकपमा चयन पनि हुन असफल भएको थियो ।




















प्रतिक्रिया