Logo

प्रमुख समाचार

माधव नेपाल र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । भेटमा दुवै नेता प्रतिनिसभा सदस्यमा निर्वाचित भएकोमा एक अर्कामा बधाई तथा शुभकामना आदानप्रदान भएको जनाइएको छ ।

उपसभापति खड्काको निजी सचिवालयले दिएको जानकारी अनुसार भेटमा निर्वाचनको समीक्षाका साथै वर्तमान सत्ता गठबन्धनलाई नयाँ सरकार बनाउन पनि निरन्तरता दिने र अरु दलहरूलाई पनि गठबन्धनमा सहभागी गराउन पहल गर्ने गरी छलफल भएको छ ।

यसअघि बिहीबार उपसभापति खड्काले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार १९:१४   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।