Logo

समाचार

राज्यका निकायमा प्रधानमन्त्री सचिवालयको आतंक बढ्यो : कांग्रेस नेता रिजाल



काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य निलकण्ठ रिजालले प्रधानमन्त्री सचिवालयले राज्यका सबै निकायमा हस्तक्षेप बढाएको आरोप लगाएका छन्। कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै उनले लोकतान्त्रिक संस्था, न्यायालय र सुरक्षा निकायको स्वतन्त्रतामाथि हस्तक्षेप भइरहेको बताए।

रिजालले कांग्रेसभित्रको गुटबन्दी अन्त्य, भ्रातृ संस्थाको महाधिवेशन, कार्यकर्ताको उचित मूल्यांकन र टिकट वितरणमा पारदर्शिता कायम गर्न १२ बुँदे सुझाव दिएका छन्। आगामी निर्वाचनका उम्मेदवार स्थानीय तहका कार्यकर्ताबाटै छनोट गर्नुपर्ने उनको माग छ।

त्यस्तै, बाढीपीडितको राहत व्यवस्थापन, सुकुम्बासी समस्या समाधान तथा किसानका मुद्दामा पार्टीले प्रभावकारी भूमिका खेल्नुपर्ने उनले बताए। दीर्घकालीन योजनाबिना सुकुम्बासीका घरटहरा भत्काउने सरकारी कदमप्रति आपत्ति जनाउँदै उनले मुलुकलाई ‘बालेन र बेनको राज्य आतंक’बाट मुक्त गर्नुपर्ने धारणा राखेका छन्।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार १३:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।