Logo

राजनीति

बाजुरा प्रदेशसभा १ मा एकीकृत समाजवादीका शाही विजयी



धनगढी । बाजुरा प्रदेश निर्वाचन क्षेत्र नम्बर १ बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेशकुुमार शाही निर्वाचित भएका छन् । शाहीले नेकपा एमाले उम्मेदवार बलदेव रेग्मीलाई २ हजार ३४१ मतले पछाडि पार्दै जित हासिल गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले १० हजार ९७३ पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी निवर्तमान प्रदेश सांसदसमेत रहेका एमाले उम्मेदवार बलदेव रेग्मीले ८ हजार ६३२ मत पाए ।

सत्तारुढ गठबन्धन अन्तर्गत माओवादी केन्द्रको भागमा परेको यस क्षेत्रमा केन्द्रले कर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको थियो । अर्कोतिर एकीकृत समाजवादीले पनि बाजुराको यो क्षेत्र नछाड्ने भन्दै युवा संघका केन्द्रीय अध्यक्षसमेत रहेका शाहीलाई उम्मेदवार बनाएपछि दुुबै दलका उम्मेदवार मित्रवत प्रतिस्पर्धामा गएका थिए ।

कांग्रेसले एकीकृत समाजवादीका उम्मेदवार शाहीलाई समर्थन गरेपछि माओवादी केन्द्रका उम्मेदवार विश्वकर्मा भने निकै पछाडि परे । विश्वकर्माले एक हजार ९८ मत पाएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार १९:४९   :  बजे

330
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।