काठमाडौं । काठमाडौंको चावहिलस्थित मित्रपार्कमा अवस्थित कुमारी सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड अध्यक्ष तथा सीईओओकोको मनोमानीका कारण जोखिममा परेको छ । उक्त सहकारीले करिब १ अर्ब लगानी गरेको छ । तथापी उक्त लगानीमध्ये अधिकाँस रकम सहकारीका अध्यक्ष अन्तरगत रहेको छ । अध्यक्ष आफै सीईओ समेत रहेका छन् । कुमारी सहकारीको अध्यक्ष र सिइओ दुवै पदमा सूर्यध्वज न्यौपाने रहेका छन् । उनले सहकारीको अधिकांश रकम घर तथा जग्गामा आफैले लगानी गरेका छन् ।
हाल रकम अभावका कारण सदस्यहरुलाई कर्जा प्रवाह गर्न नसकेको उक्त सहकारीले बचतकर्ताको बचत समेत भुक्तानी गर्न सकेको छैन । अध्यक्ष आफै सीईओ भएका कारण कर्जा प्रवाहमा उनको एकलौटी भूमिका रहने गरेको छ । एक संचालकले बताएअनुसार अध्यक्षको मनोमानीका कारण निक्षेप कर्ताको रकम भुक्तानी गर्न नसक्ने अबस्था सृजना भएको हो ।
कर्जा प्रवाह अत्याधिक देखिए पनि सिमित व्यक्तिमा मात्रै कर्जा प्रवाह भएको छ । त्यसो त सहकारीको प्रतिवेदनमा उल्लेख गरिए अनुसार रकम बचतका लागि आठ हजार ३ सय ८७ जना सदस्य बनाएको सहकारीले हालसम्म जम्मा ५ सय ८२ जनालाई मात्रै कर्जा उपलव्ध गराएको आफ्नै प्रतिवेदनका उल्लेख गरेको छ । सो रकम मध्ये अधिकाँस रकम अध्यक्ष स्वयमले परिचालन गरेका छन् ।
पछिल्लो समय काठमाडौंका केही ठुला सहकारीमा समस्या बढ्दै गएको छ । प्राय सबै सहकारीको समस्या संचालक आफैले कर्जा प्रवाह गर्ने देखिएको छ । त्यसो त संकटमा परेका अधिकांश सहकारीको रोग एउटै प्रकृतिको छ । सदस्यहरुले कर्जा माग गर्दै दिएका निवेदनलाई वेसवास्ता गरेको सहकारीले हाल निक्षेप समेत भूक्तानी गर्न छाडेका छन् । सोही मध्ये समस्या भोग्दै संकटको बाटोमा अघि सरेको अर्को सहकारीका रुपमा कुमारी कोअपरेटिभ देखिएको हो ।
संस्थाका अध्यक्ष एवं सीईओ न्यौपाने आफैले कर्जा निकाल्ने र कर्जा भूक्तानी नगर्ने गरेकाले सहकारी डरलाग्दो अबस्थातिर धकेलीएको बतायएको छ । संस्थाको सिइओ र अध्यक्षका रुपमा एकै व्यक्ति भएका कारण कुनै रोकतोक नहुने भएकोले उनी स्वयमले धेरै कर्जा निकालेका हुन् । विगत लामो समयदेखिनै कर्जा दिन नसक्ने भन्दै कर्जा बन्द गर्दै आएको सो सहकारीमा करिव ७ सय बढी सदस्यहरुले कर्जा माग गर्दै निवेदन दिएका छन् ।

उनीहरुले एकलाख देखि पचास लाखसम्म कर्जा माग गरेका छन् । केही सदस्यहरुले पर्याप्त मात्रामा सहकारीमा रकम राखेको र आफ्नै रकम निकाल्न समेत नदिएको गुनासो गरेका छन् । संस्थाले हाल नगद अभाव भएको उल्लेख गर्दै सदस्यहरुलाई कर्जा प्रवाह गर्नका रोक लगाइएको बताउँदै आएको छ । सहकारीमा संचालक मध्येका अध्यक्ष र सिइओ एकै व्यक्ति भएका कारण उनले एकलौटी तरीकाबाट कर्जाका रुपमा रकम निकाल्ने गरेको अधिकाँस बचतकर्ताको गुनासो छ ।
करिव ७५ प्रतिशत रकम सहकारीका अध्यक्ष स्वयमले प्रयोग गरेका छन् । सहकारी विभागले अघिल्लो बर्षनै सहकारी नियमनका क्रममा एकै व्यक्ति अध्यक्ष र सिइओ हुन् नपाउने प्रावधान ल्याएको थियो । तर उक्त सहकारी भने सहकारी विभागको निर्देशन विपरीत अध्यक्ष र सिइओ एकै व्यक्ति भएर संचालन हुँदै आएको छ । यस बारेमा अध्यक्ष तथा सिइओ न्यौपानेले आफ्नो लगानी धेरै भएका कारण आफूनै कामर्यकारी व्यक्ति भएको बताउँदै आएका छन् । आन्तरिक बैठकहरुमा यो विषय पटक पटक उठेको भएपनि अध्यक्षले मनोमानी रुपमा आफै सबै काम गर्दै आएको सेयर सदस्यहरु बताउँछन् । सहकारीको अध्यक्ष र सिइओ दुवै पदमा सूर्यध्वज न्यौपाने छन् ।
काठमाडौंको चावहिलमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले अन्य ५ वटा सदस्य सेवा स्थापना गरी वित्तीय कारोबार संचालन गरिरहेको छ । कुमारी सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. मा न्यौपाने अध्यक्ष तथा सिइओ छन् भने उपाध्यक्ष राजु दाहाल, सचिवमा इश्वरी प्रसाद भट्टराई, कोषाध्यक्ष पुष्पराज घिमिरे तथा बोर्ड सदस्यहरुमा सकुन्तला खड्का, सरिता तामाङ र अनिता अधिकारी रहेका छन् । रु. १ अर्ब ४६ करोड १९ लाख ९३ हजार २ सय ३२ रुपैयाँ निक्षेप जम्मा गरेको सहकारीले १ अर्ब ३१ करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।
यो विषयलाई सहकारीले भने अस्वीकार गरेको छ । सहकारीले कर्जा लगानी भने गर्न छोडेको स्वीकारेको छ ।





















प्रतिक्रिया