Logo

प्रमुख समाचार

एमालेका कार्यकर्ताहरुले भने- होलिवाइनका प्रवर्तक ढकाललाई सांसद नबनाइयोस्



होलिवाइनका प्रवर्तकका रुपमा बदनाम एक पात्र एकनाथ ढकाललाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समानुपातिक कोटाबाट सांसद बनाउन खोजेको भन्दै देशव्यापी रुपमा एमालेका कार्यकर्ताहरुले विरोध जनाएका छन् ।

नेपालमा क्रिश्चियन धर्म फैलाउँने मुख्य व्यक्तिका रुपमा चिनिएका ढकाललाई एमालेले सांसद बनाउने ग्यारेण्टीका साथ समानुपातिक सांसदको बन्दसुचिमा खस आर्यकोटाबाट दोस्रो नम्बरमा राखेको छ । समानुपातिक प्रणालीकै बदनाम गराउने गरी ढकाललाई सांसद बनाउन लागिएको भन्दै एमाले वृतमा चर्को आलोचना भएको छ ।

पार्टी नेतृत्वले गर्ने हरेक कुरामा साथ दिँदै आएका एमाले कार्यकर्ताहरु यो बिषयमा भने विरोधमा उत्रिएका छन् । नेपाल परिवार दलका अध्यक्ष रहेका ढकालले आफ्नो पार्टीबाट चुनाव लड्दा सांसद नबनिने पक्का भएपछि एमालेको ब्राण्डमा लागेर सांसद बन्नका लागि चोरबाटो प्रयोग गरेका छन् ।

असल कार्यकर्ताको काम नेतृत्वले गरेको खराब काममा खबरदारी गर्नु पनि रहेको भन्दै एमालेका देशभरका कार्यकर्ताहरुले खबरदारी अभियान चलाएका छन् । सामाजिक संजालमा ढकाललाई सांसद नबनाइयोस हामिलाई स्विकार्य छैन भनेर अभियाननै चलेको छ ।

एमालेले निर्वाचन आयोगलाई पठाएको बन्दसूचीमा ढकालको नाम खस९आर्य क्लस्टरको दोस्रो नम्बरमा छ । पहिलो नम्बरमा रघुजी पन्त छन् । समानुपातिकतर्फका ११० मध्ये एमालेले सबैभन्दा बढी ३४ सीट जितेको छ । समावेशिताको सूत्रका आधारमा एमालेले खस९आर्यबाट मात्रै ११ जनालाई सांसद बनाउन सक्छ ।

सामान्यतया बन्दसूचीको प्राथमिकतामा रहेकाहरूलाई नै सांसद बनाउनुपर्ने भएकाले ढकालको निश्चितजस्तै देखिएको हो । यदि उनलाई पन्छाउने हो भने एमालेले खस९आर्यबाट एक जनामात्रै पुरुष ९रघुजी पन्त० पठाएर बाँकी ९ जना महिला पठाउनुपर्ने हुन्छ । तर, एमाले नेतृत्वले उनलाई जसरी पनि सांसद बनाउने सोचका साथ सूचीमा राखेको हुँदा यस्तो सम्भावना न्यून रहेको नेताहरू बताउँछन् ।

स्मरणीय यो छ कि एकनाथ अहिले पनि नेपाल परिवार दलका अध्यक्ष छन् । सो पार्टीको गत वर्ष भएको तेस्रो महाधिवेशनबाट उनी अध्यक्षमा तेस्रो पटक निर्विरोध निर्वाचित भएका थिए । परिवार दलले यसपालि समानुपातिकको बन्दसूची पठाएको छैन । बरु पार्टीका अध्यक्ष नै अर्को पार्टीको बन्दसूचीमा घुसेका छन् । यसरी एउटा पार्टीको अध्यक्षलाई अर्को पार्टीले समानुपातिकको बन्द सूचीमा राख्नु नै अराजनीतिक र अनैतिक अभ्यास हो ।

सन् २०१८ मा एसिया प्यासिफिक समिटको नाममा काठमाडौंमा धार्मिक सम्मेलन आयोजना भएको थियो, जसको आयोजक थियो ढकालले स्थापना गरेको युनिभर्सल पिस फेडेरेसन ९यूपीएफ० । उक्त सम्मेलन सफल पार्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष रूपमा सक्रिय थिए । ढकालले सम्मेलन आयोजक समितिको संयोजक नै नेपाललाई बनाएका थिए । तत्कालीन प्रधानमन्त्री ओलीसमेत सम्मेलनमा प्रयोग भएका थिए ।

ओली नेतृत्वको सरकारले ‘होली वाइन सम्मेलन’ मा राज्य कोषबाट चार करोड रुपैयाँ खर्चेको थियो । सोही सम्मेलनका क्रममा विदेशबाट आएका विशिष्ट अतिथिहरूलाई स्वागत र भेटवार्ताका लागि भन्दै ओलीले कूटनीतिक मर्यादा विपरीत हायात होटलमै चार दिन अड्डा जमाएको विषयले पनि विशेष चर्चा पाएको थियो । सोही सम्मेलनका लागि आएकी दक्षिण कोरियाली धर्मगुरु हाक जा हान मुन, जसले आफूलाई जिसस क्राइसकी छोरी भनेर स्वघोषणा गरेकी छन्, उनले प्रधानमन्त्री ओलीलाई एक लाख डलर राशिको ‘गुड गभर्नेन्स अवार्ड’ प्रदान गरेकी थिइन् ।

यसरी ढकालले सिंगै राज्य शक्ति प्रयोग गरेर आयोजना गरेको धर्म सम्मेलनलाई लिएर मिडियामा निकै आलोचना भयो । सम्मेलनमा अतिथिहरूलाई पिलाइएको ‘होली वाइन’ ले बबन्डर नै मच्चियो । कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीदेखि देशभरका स्थानीय तहका जनप्रतिनिधिलाई जोडीसहित निम्त्याइएको थियो । सहभागी जोडीहरूलाई ‘माता मुन’ को हातबाट ‘ब्लेसिङ’ दिइनुका साथै एक/अर्कालाई कथित होली वाइन (पवित्र रक्सी) पिलाइएको थियो । केही अन्तर्राष्ट्रिय पोर्टलले यस्तो ‘होली वाइन’मा युनिफिकेसन चर्चका संस्थापक सन म्योङ मुनको ‘वीर्य’ मिसाइएको हुने उल्लेख गरेका छन् । मुनको भने केही वर्षअघि निधन भइसकेको छ ।

एमालेका युवा नेता नेता आइसी न्यौपानेले ढकाललाई सामानुपातिक नबनाइसोस् भन्दै आफ्नो सामाजिक संजलमा यस्तो लखेका छन् । होलि वाइनका प्रवर्तकलाई सांसद नबनाईयोस राष्ट्रियता र सनातन धर्म संस्कृति एक सिक्काका दुई पाटा हुन् ।

यिनै महत्वपूर्ण पाटा तथा पक्षहरुको संरक्षण संवर्धन गर्नु देशभक्त राजनीतिक पार्टीको कर्तब्य हो । राष्ट्रियताको रक्षा विना सनातन धर्म संस्कृतिको रक्षा गर्न सकिँदैन र सनातन धर्म संस्कृतिको रक्षा विना राष्ट्रियताको रक्षा गर्न सकिँदैन । त्यसैले नेपालको मौलिक सनातन वैदिक हिन्दु ,किराँत ,बुद्ध धर्म संस्कृति मास्न उद्धत भएका युनिफिकेसन चर्च उर्फ होलिवाइनका प्रवर्तक एकनाथ ढकाल लाई नेकपा (एमाले) जस्तो देशभक्त पार्टीले यही अवस्थामा सामानुपातिक सांसदमा छनोट गर्ने भूल गर्नु हुदैन ।

किनकी नेपाली समाजमा बदनामी कमाएका ढकाललाई सांसद बनाउदा एकाध ब्यक्ति विशेषको निहित स्वार्थ पूर्ति त होला तर पार्टीको सिङ्गो इतिहास तथा असल छविमा दाग लाग्ने छ र राष्ट्रिय धर्म संस्कृति उपर अपमान हुने छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार २१:४१   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।