Logo

अर्थ

नेपाल इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस सेयर कति ?



काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको मु्नाफाबाट लाभांश घोषणा गरेको छ ।कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले आव २०७८/७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२११ प्रतिशत नगद लाभांश गरी कुल ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइसकेको छ । कम्पनीले सो लाभांश प्रस्ताव पारित गर्न पुष २२ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ बजे बस्नेछ । कम्पनीको सभाले हाल कायम रहेको चुक्तापुँजी एक अर्ब ३७ करोड ८९ लाख रुपैयाँ रहेकोमा बोनस सेयर जारी गरेपश्चात कम्पनीको कायम हुने चुक्तापुँजी एक अर्ब ४८ करोड ९३ लाख रुपैयाँ कायम गर्ने तथा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ तथा लाभांश वितरण प्रयोजनार्थ पुष ८ गते एक दिन बुकक्लोजको मिति तोकेको छ । यसर्थ पुष ७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र लाभांश पाउनेछन् ।

प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार १३:३६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।