काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुलाई पुस ७ गते शपथ खुवाइने भएको छ । प्रतिनिधिसभामा प्रत्यक्ष तथा समानुपातिकबाट गरी निर्वाचित भएका २७५ सांसदको शपथ पुस ७ गते दिउँसो १ बजे गराउने तयारी संघीय संसद् सचिवालयले गरेको हो ।
नयाँ सांसदहरूको शपथका लागि तयारी अन्तिम चरणमा पुगेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए । ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएपछि अरु सांसदहरूलाई ती ज्येष्ठ सदस्यले शपथ गराउनेछन् । शपथग्रहण कसले गराउने भन्नेबारे पनि संसद् सचिवालयले तयारी गरेको छ ।
शपथ गराउने तीन दिनअगावै संघीय संसद् सचिवालयले सूचना जारी गर्नुपर्ने हुन्छ । प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार कुनै सांसदले मातृभाषामा शपथ लिने भए तीन दिन अगावै सूचना दिनुपर्ने व्यवस्था छ । त्यसैले शपथको मिति सोमबार नै सार्वजनिक गर्न लागिएको बताइएको छ ।




















प्रतिक्रिया