काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालको कम्युनिष्ट पार्टीहरु ओरालो लागेको भन्दै त्यसबारे वस्तुनिष्ठ समीक्षा गर्न गर्नुपर्ने बताएका छन् । उनले कम्युनिष्ट पार्टीहरू किन ओरालो लागे र किन विभाजनको स्थिति पैदा भयो (?) भन्ने प्रश्नको समीक्षा गर्नुपर्नेमा जोड दिएका हुन् ।
नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ‘नेपालको कम्युनिष्ट पार्टीहरूले पाएको अवसर जोगाउन सकेनन् । पाएको मौकाको उपयोग गर्न सकेनन् । पाएको हैसियतलाई कायम राख्न सकेनन्’, उनले भने, ‘किन ओरालो लागे ? किन विभाजनको स्थिति पैदा भयो ? यसको वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ ।’
आफूहरू नबिराउने नडराउने मान्यताको साथ अगाडि बढ्ने भएकाले कमजोरी महसुस गर्नुपर्ने अवस्था नभएको बताए । उनले धुलिसात भएर कम्युनिष्ट आन्दोलन विसर्जनको स्थितिमा पुर्याएको भन्दै एमालेसँग मिल्न नजाने संकेत गरे । ‘धूलिसात भएर कम्युनिष्ट आन्दोलन विसर्जन भइरहेको देख्दादेख्दै पनि विदेशीका सामु लम्पसार पर्न थालेको देख्दादेख्दै पनि कम्युनिष्ट पार्टीले क्रान्तिकारी स्थान गुमाउँदा गुमाउँदै त्यसैमा टाँसिरहने कुरालाई कसैले प्रेरित गर्न खोज्छ भने फेरि पनि त्यस्तालाई सरि भन्छौं’, उनले भने, ‘दृढताको साथ त्यो प्रवृतिबाट देशलाई जोगाएका छौं ।’
चुनावको मत परिणामलाई लिएर मन सानो गर्नुपर्ने कारण नभएको भन्दै नेपालले कार्यकर्तालाई सान्तवना पनि दिए । २० उम्मेदवार खडा गरेकामा त्यसको ५० प्रतिशत सफलता हासिल गरेको भन्दै उनले मन सानो नगर्न आग्रह गरे ।




















प्रतिक्रिया