Logo

प्रमुख समाचार

यी हुन् कांग्रेस संसदीय दलको नेता छान्ने मतदाता (नामावलीसहित)



काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिएको छ । बुधबार बिहान हुने निर्वाचनका लागि आज (सोमबार) निर्वाचन समितिले नामावली प्रकाशन गरेको हो ।

कांग्रेस संसदीय दलको निर्वाचनमा ८९ जनाले मतदान गर्नेछन् । दलको नेता बन्न मंगलबार दिउँसो २ बजेदेखि उमेदवारी दर्ता हुनेछ ।

हालसम्म निर्वाचनको मैदानमा सभापति शेरबहादुर देउवासहित, नेता शेखर कोइराला र महामन्त्री गगन थापा छन् । संस्थापन पक्षबाट देउवा निर्विकल्प उम्मेदवार हुन् भने इतर पक्षबाट शेखर र गगन दुईजनाको दाबी छ । तर सहमतिमा एक जना मात्र देउवाविरुद्ध उठ्ने गरी इतर पक्षमा प्रयास भइरहेको छ ।

मतदाता नामावली

प्रकाशित मिति : ४ पुष २०७९, सोमबार १९:०८   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।