Logo

राजनीति

कांग्रेस संसदीय दलको निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता शुल्क ५१ हजार



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज मंगलबार मनोनयन दर्ता हुँदैछ । दलको नेता चयन गर्न भोलि (बुधबार) हुने मतदानका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।

उम्मेदवारलाई मनोनयन दर्ता शुल्क ५१ हजार रुपैयाँ तोकिएको निर्वाचन समिति संयोजक भिष्मराज आङदम्बेले जानकारी दिए । संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, डा. शेखर कोइराला लगायत दावेदार छन् । थापा र कोइराला पक्षबीच साझा उम्मेदवार कायम गर्ने विषयमा छलफल जारी छ ।

मनोनयन दर्तापछि उम्मेदवारको प्रथम नामावली आजै साढे ३ बजे प्रकाशन हुनेछ । त्यसमा दाबी विरोधका लागि साढे ३ देखि ४ बजेसम्मको समय निर्धारण गरिएको छ ।

दाबी विरोधमा जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशन साढे ४ बजे हुने छ । उम्मेदवारको नाम फिर्ता लिने समय साढे ४ बजेदेखि साढे ५ बजेसम्मको समय तोकिएको छ ।

त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंगलबार बेलुकी पौने ६ बजे हुने कार्यतालिका निर्धारण गरिएको छ । मतदान भने भोलि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्मको समय तोकिएको छ ।

प्रकाशित मिति : ५ पुष २०७९, मंगलवार ११:२७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।