Logo

प्रमुख समाचार

गगनलाई प्रदीप पौडेलको पनि साथ, समर्थकमा हस्ताक्षर गर्ने



काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल पनि गगन थापालाई कांग्रेस संसदीय दलको नेतामा समर्थन गरेका छन् । उनी थापाकाे समर्थक बनेका हुन् ।

कृष्ण सिटौला निकट पौडेल गत महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए ।

यसअघि मौन रहँदै आएका पौडेल संसदीय दलको नेतामा उम्मेदवारी मनोनयन दर्ता गर्ने बेला शेखर कोइराला र गगन थापाको पक्षमा खुलेका हुन् ।

थापालाई संसदीय दलको नेतामा कोइरालाले प्रस्ताव गरेका छन् । कांग्रेस उपसभापति धनराथ गुरुङ र महामन्त्री विश्वप्रकाश शर्माले संसदीय दलको नेतामा थापाको समर्थक बसेका छन् ।

प्रकाशित मिति : ५ पुष २०७९, मंगलवार १४:४७   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।