Logo

प्रमुख समाचार

सांसदहरूको शपथअघि ज्येष्ठ सदस्य जबराको अध्यक्षमा सर्वदलीय बैठक



काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणअघि सर्वदलीय बैठक बोलाइएको छ । ज्येष्ठ सदस्यका रुपमा आज (बुधबार) राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका पशुपति शमशेर जबराको अध्यक्षतामा सर्वदलीय बैठक बोलाइएको हो ।

बिहीबार १ बजे शपथका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । त्यसअघि १२ बजे संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई सर्वदलीय बैठकमा बोलाइएको हो । राजनीतिक दलबाट १–१ जना र ५ स्वतन्त्र सांसदहरू उपस्थिति हुने उक्त बैठकमा शपथसम्बन्धी कार्यक्रमको ब्रिफिङ गर्ने बताइएको छ ।

उक्त बैठकमा सांसदहरूलाई सकेसम्म राष्ट्रिय पोसाकमा आउन या आफ्नो मौलिक संस्कृति झल्किने पोसाक लगाएर उपस्थित हुन आग्रह गरिने पनि बताइएको छ ।

प्रकाशित मिति : ६ पुष २०७९, बुधबार १७:०५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।