काठमाडौं। सरकारले दुई उपसचिव सहित ११ कर्मचारीको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई उपसचिव, आठ अधिकृत र एक नासुसहितका कर्मचारीको सरुवा गरेको हो ।
प्राविधिक उपसचिव रेनु शाक्य र उपसचिव विजय राज पौडेल, शाखा अधिकृतद्वय सञ्जय बहादुर स्याङतान र जीवन निरौला, नापी अधिकृत शालिग्राम लम्साल, विवेक तिवारी, गोपालकृष्ण खर्बुजा र सुरेश श्रेष्ठ, इन्जिनियर कृष्ण थापा, शाखा अधिकृत सुनिता तुम्बाहाङफे र नासु नैन बहादुर कार्कीको सरुवा भएको हो ।उपसचिव शाक्य, शाखा अ
धिकृत स्याङतान र तुम्बाहाङफे, नापी अधिकृत लम्साल र तिवारीलाई अख्तियार र सो अन्तर्गतको कार्यालयमा सरुवा गरिएको हो । यस्तै उपसचिव पौडेल, शाखा अधिकृत निरौला, नापी अधिकृतद्वय खर्बुजा र श्रेष्ठ, इन्जिनियर थापा र नासु कार्कीलाई आयोगबाट अन्यत्र सरुवा गरिएको स्रोतको भनाइ छ ।




















प्रतिक्रिया