Logo

राजनीति

यी २६ प्रतिनिधिसभा सदस्यले लिँदैछन् मातृभाषामा शपथ [सूचीसहित]



काठमाडौं । २६ प्रतिनिधिसभाका सदस्यहरुले मातृभाषामा शपथ ग्रहण गर्ने भएका छन् । त्यसका लागि उनीहरूले आफूले शपथ ग्रहण गर्न चाहेको मातृभाषा उल्लेख गरी संघीय संसद सचिवालयलाई जानकारी गराइसकेका छन् ।

जसअनुसार उर्दु, कोयु, तामाङ, भोजपुरी, अवधि, थारु, मैथलीलगायत मातृभाषामा उनीहरूले शपथ ग्रहण गर्ने भएका हुन् । संसद सचिवालयका अनुसार भोजपुरीमा तीन जना, तामाङ भाषामा तीन जना, मैथली भाषामा तीन जनाले शपथ लिने छन् ।

यस्तै सन्याली, नेपाल भाषा, कोयू भाषा लगायत अल्पसंख्यक समुदायले बोल्ने भाषामा पनि एक/एक जना सांसदले शपथ लिने भएका छन् । साथै, एक/एक जना सांसदले हिन्दी र संस्कृत भाषामा पनि शपथ लिने भएका छन् ।

बिहीबार ज्येष्ठ सदस्यको रुपमा राप्रपाका सांसद पशुपति शमशेर जबराले संघीय संसद्‍का नवनिर्वाचित सांसदहरूलाई शपथ ग्रहण गराउने छन् । ज्येष्ठ सदस्य जबराले भने बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरिसकेका छन् ।

कसले कुन भाषामा लिँदैछ शपथ ?

प्रकाशित मिति : ६ पुष २०७९, बुधबार २०:४५   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।