काठमाडौं । नेपाल नगरपालिका संघको अध्यक्षमा धादिङको निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना चयन भएका छन् । काठमाडौंमा सम्पन्न संघको आठौं अधिवेशनबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित नगरप्रमुख ढुंगाना सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा चयन भएका छन् । महासचिवमा नेकपा एमालेका तर्फबाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन भएका छन् । संघको ४३ सदस्यीय कार्यसमिति निर्माण भएको छ ।




















प्रतिक्रिया