काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल शपथ लिन संघीय संसद भवन नयाँ बानेश्वर आइपुगेका छन् । केहीदिन देखि अस्वस्थ भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनी प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गर्न संसद् पुगेका हुन् ।
तर शपथ लिइसकेपछि उनी त्रिवि शिक्षण अस्पताल नै फर्किने उनको सचिवालयले जनाएको छ । उनका सहयोगी नितेश पौडेलका अनुसार नेपाल अझै केही दिन शिक्षण अस्पतालमा नै बस्नेछन् ।
छाती दुख्ने समस्या देखिएपछि अस्पताल भर्ना भएका नेपाललाई भेट्न हिजो (बुधबार) प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल शिक्षण अस्पताल पुगेका थिए ।




















प्रतिक्रिया