काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ ग्रहण गराउने व्यवस्था छ ।
जसअनुसार ज्येष्ठ सदस्यका रुपमा बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका राप्रपाका पशुपति शमशेर जबराले अन्य सदस्यहरुलाई शपथ खुवाएका हुन् ।
संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।
१७ जना सांसद अनुपस्थित
शपथ ग्रहण समारोहमा १७ जना सांसद अनुपस्थित भएका छन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार १७ जना अनुपस्थिति भएका हुन् । अब उनीहरुको सपथ पछि हुने छ ।




















प्रतिक्रिया