Logo

प्रमुख समाचार

छिट्टै गठबन्धनको बैठक बसेर सरकार गठनबारे छलफल हुन्छ : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार गठनका विषयमा छिट्टै गठबन्धनको बैठक बसेर छलफल हुने बताएका छन् । बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग उनले दलहरु नेता चयनका लागि व्यस्त रहेको र आफू पनि बिरामी रहेकाले अहिलेसम्म सरकार गठनका विषयमा गठबन्धनमा कुनै छलफल नै नभएको बताए ।

त्यस्तै, राष्ट्रपतिको उम्मेदवार बन्ने विषयमा सोधिएको प्रश्नमा उनले आफूले कल्पनाका आधारमा जवाफ नदिने बताए । पद बाँडफाँटका विषयमा तीन नेताहरुबीच छलफल चलाउनुपर्ने उनको भनाइ छ । नेपालले नेपाली राजनीतिले गरेको आफ्नो भूमिकाको अपेक्षाअनुसार आफू अघि बढ्ने बताए ।

प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार १४:४४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।